पश्चात्ताप गर्नु भनेको के हो?

पश्चात्ताप भनेको केवल आफ्नो पापलाई स्वीकार गरेर स्वर्गमा पुग्नु मात्र होइन । पश्चात्तापको प्रक्रियाले तपाईलाई परमेश्वरलाई अझ राम्रोसँग चिन्न, अनि उहाँको राज्य र उहाँको मार्गहरु बुझ्न साहयता गर्छ। प्रभु येशूले आफ्नो बलिदानद्वारा हाम्रो निम्ति पश्चाताप गर्ने कुरा सम्भव तुल्याइदिनु भयो, तर यसमा हाम्रो पनि आफैलाई शारीरिक रूपमा चोखो राख्ने, उहाँको मार्गहरु सिक्ने, सिकेको कुरालाई पालन गर्ने, अनि जीवनमा सुधार गर्दै जाने जिम्मेवारी हुन्छ।

जीवनमा निरन्तर सुधार गर्दै जानु नै पश्चात्तापको प्रक्रिया हो, र यो जीवनभर रहिरहन्छ।

प्रभु येशूलाई ग्रहण गर्नु भनेको के हो?

यो प्रश्नको छोटो उत्तर हो: तपाईले पश्चात्ताप गर्ने वाचा गरेर परमेश्वरको करारलाई स्वीकार गर्नुहुन्छ। प्रभु येशूलाई ग्रहण गर्नु भनेको के हो भन्ने बारेमा अझ बढ्ता अध्ययन गर्नुहोस्। जब हामीलाई परमेश्वरको राज्यमा मसीहको काम र उहाँको भूमिकाको बारेमा थाहा हुन्छ, तब हामीलाई परमेश्वरको राज्यको निम्ति आफैलाई तयार गर्न सजिलो हुन्छ। यो पडकास्टले प्रभु येशूको भूमिकाको बारेमा विस्तृत परिचय दिन्छ, जसले गर्दा तपाईलाई आफ्नो भूमिका बुझ्न साहयता पुग्छ।

Click here for references made in the podcast

पश्चात्तापद्वारा एउटा व्यक्ति आश्चर्यजनक रूपमा दुष्टताबाट भलाइमा रुपान्तरण हुन सक्छ।

सुसमाचारको संदेश नै “पश्चात्ताप गर, किनभने परमेश्वरको राज्य नजिकै छ” (मत्ती३:२) हो। पश्चात्ताप गर्नु भनेको अध्ययन (तयारी), सिकेको कुरालाई कार्यन्वयन (अभ्यास), र जवाफदेहिता (परिक्षण) को प्रक्रिया हो। यो प्रभु येशूको चेलाले हिंड्नुपर्ने मार्ग हो। जब तपाईले परमेश्वरको ज्ञान र समझ प्राप्त गर्नुहुन्छ, तब तपाईले निरन्तर आफ्नो जीवनलाई सुधार गर्न र सिकेको कुरालाई अभ्यास गर्न थाल्नुहुन्छ। पश्चात्ताप भनेको जीवनभारको यात्रा हो।

पश्चात्ताप सम्बन्धी तीस दिनको लागि व्यावहारिक उपदेश

किन कसैले पश्चात्ताप गर्नुपर्छ?

यशैया ५९:२ अनुसार “…तिमीहरुका अधर्माले तिमीहरुलाई आफ्ना परमेश्वरबाट अलग गरेका छन्, र तिमीहरुका पापले गर्दा उहाँको मुहार तिमीहरुबाट छेकिएको छ, र उहाँले तिमीहरुको कुरा सुन्नुहुनेछैन।” पापको परिणामहरु छन्, र त्यसले हामीलाई परमेश्वरबाट अलग गर्छ, तर हामीले त्यसमाथि विजयी

भएर जिउन बनिएका हौँ। उत्पत्ति ४:७ मा यसो भनिएको छ, “…पाप तेरो ढोकैमा ढुकिबस्‍छ। त्‍यसको इच्‍छा तँप्रति हुन्‍छ, तर तैंले त्‍यसलाई अधीन गर्नैपर्छ।”

हिब्रु १०:२६-२७ मा यसो भनिएको छ, “यदि सत्‍यताको ज्ञान पाएर पनि हामीले जानी-जानी पाप गर्‍यौं भने पापको निम्‍ति अब उसो अरू कुनै बलिदान रहँदैन२७तर इन्‍साफको डरलाग्‍दो प्रतीक्षा र विरोधीहरूलाई भस्‍म गर्ने क्रोधको अग्‍नि मात्र रहनेछ।”

रोमी २:६-८ मा यसो भनिएको छ, “उहाँले हरेक मानिसलाई उसको कामअनुसार दिनुहुनेछ। धैर्यसँग असल काम गरेर महिमा, इज्‍जत र अमरत्‍व खोज्‍नेहरूलाई चाहिँ उहाँले अनन्‍त जीवन दिनुहुनेछ। तर झगड़ालु, सत्‍यको पालन नगर्ने, र दुष्‍टतामा हिँड्‌नेहरूमाथि चाहिँ क्रोध र रीस पर्नेछ।”

जब तपाईले बाइबल पढेर पाप के हो भनेर सिक्नुहुन्छ, तपाईसँग अघि बढ्ने र अनि आफूले सिकेको कुरालाई व्यावहारिक रूपमा लागु गर्ने अवासर हुन्छ। याकुब १:२२ ले यसो भन्छ, “तर वचन पालन गर्ने होओ, र सुन्‍ने मात्र भएर आफैलाई धोका नदेओ।”


पश्चात्तापको उद्देश्य भनेको परमेश्वरको राज्यको निम्ति तपाईलाई तयार बनाउन, उहाँलाई खोज्दा तपाईले सिक्नुभएको कुरालाई अभ्यास गरेर जीवनमा निरन्तर सुधार गरिरहनु हो। यस विषयमा प्रभु येशूले मर्कूस ४:२० मा यसो भन्नु भएको छ, “तर असल जमिनमा छरिएकाहरू ती हुन्, जसले वचन सुन्‍छन्, र ग्रहण गर्छन्, र फल दिन्‍छन्‌ तीस गुणा, साठी गुणा र सय गुणा।” हामीमा भएको र धार्मिकताको फल फलाउने वचनरुपी बीउलाई मलजल गर्न हामीले हरेक दिन समय दिनु पर्छ।

यो तीस दिनको पश्चात्तापको यात्राको उद्देश्य तपाईलाई परमेश्वरको राज्य के हो, अनि पश्चात्ताप भनेको के हो भनेर अझ असल तरिकाले बुझ्न साहयता गर्नु हो।

कसरी पश्चात्ताप गर्ने भन्ने बारेमा व्यावहारिक उपदेश

आफ्नो जीवनमा कसरी पश्चात्ताप गर्ने र सुधार गर्ने भन्ने बारे ३० दिनको व्यावहारिक उपदेशको लिङ्कहरू तल दिइएका छन्। यस यात्रा मार्फत तपाईंले परमेश्वरको राज्यको बारेमा थप कुराहरु सिक्नुहुनेछ।

पहिलो दिन – एउटा चुनाउ गर्नुहोस्

दोश्रो दिन – एक विस्तृत दृश्य प्राप्त गर्नुहोस्

तेस्रो दिन – एउटा सूची बनाउनुहोस्

चौंथो दिन – मैले किन पश्चात्ताप गर्नुपर्छ?

पाँचौं दिन – पाप गर्न रोक्नु

छैठौँ दिन – तपाईले गर्न चाहनुभएको कामलाई प्राथमिकता दिनुहोस्

सातौँ दिन – रोश हाशानाह (तुरहीको चाड)

आठौँ दिन – पश्चात्तापको निम्ति तपाईले कतिको प्रयास गर्नुपर्छ?

नवौँ दिन – तपाईको कथालाई जीवनको पुस्तकमा लेख्नु

दशौँ दिन – प्रेमले कार्यको माग गर्दछ

एघारौँ दिन – धर्मी जीवन जिउनु भनेको तपाईको विचार र व्यवहारलाई परिष्कृत गर्नु हो

बार्हौं दिन – पाप तपाईंको ढोकैमा छ

तेह्रौं दिन – Mitzvah (आदेश) को माध्यम बाट परमेश्वरसँग जोडिनु

चौधौँ दिन – उही नाप

पन्ध्रौँ दिन – के तपाईं परमेश्वरको राज्यको लागि तयारी गर्दै हुनुहुन्छ (पश्चात्ताप गर्दै हुनुहुन्छ)?

सोह्रौं दिन – खराब, ठिक, वा उत्तम पुनरुत्थान – छनोट तपाईमा छ

सत्रौँ दिन – खराबी कसरी असल हुनसक्छ, बुझ्नु

अठारौं दिन – पश्चात्ताप गर्न नदिने बाधाहरू

उन्नाइसौं दिन – पश्चात्तापद्वारा प्रेरित तपाईको जीवनको वार्षिक समीक्षा (प्रायश्चितको दिन)

बीसौं दिन – मृत्युमाथि जीवन कसरी छनौट गर्ने?

एक्काइसौं दिन – पापको लागि साँचो अफसोस के हो?

बाइसौं दिन – कसरी पापको स्वीकारले तपाईंको आत्मालाई निको पार्छ?

तेइसौं दिन – येशू संसारको राजा हुनुहुनेछ

चौबिसौं दिन – जीवनको पुस्तकमा तपाईं  कहाँ हुनुहुन्छ?

पच्चीसौं दिन – प्रार्थना परमेश्वरको कानमा संगीत हो

छब्बिसौं दिन – तपाईं कसरी आफ्नो मन्दिर निर्माण गर्नसक्नुहुन्छ र प्रभुको दिनको लागि हतार गर्नुहुन्छ?

सत्ताइसौं दिन – येशूसँग एउटै लयमा बस्ने (ठहराइएका चाडहरू मनाउनु)

अट्ठाइसौं दिन – परमेश्वरले आफैलाई लुकाउनुहुन्छ, र उहाँलाई भेट्टाउने कुरा तपाईंमा निर्भर हुन्छ, ताकि तपाईंको जीवनमा भएका मानिसहरू प्रभावित हुन सकुन् (पहिलो भाग)

उनान्तीसौं दिन – परमेश्वरले आफैलाई लुकाउनुहुन्छ, र उहाँलाई भेट्टाउने कुरा तपाईंमा निर्भर हुन्छ, ताकि तपाईंको जीवनमा भएका मानिसहरू प्रभावित हुन सकुन् (दोश्रो भाग)

तीसौं दिन – पश्चात्ताप के हो र हामी यहाँबाट कहाँ जान्छौं भन्ने कुराको वास्तविक परिभाषा


पश्चात्तापको उद्देश्य भनेको परमेश्वरको राज्यको निम्ति तपाईलाई तयार बनाउन, उहाँलाई खोज्दा तपाईले सिक्नुभएको कुरालाई अभ्यास गरेर जीवनमा निरन्तर सुधार गरिरहनु हो। यस विषयमा प्रभु येशूले मर्कूस ४:२० मा यसो भन्नु भएको छ, “तर असल जमिनमा छरिएकाहरू ती हुन्, जसले वचन सुन्‍छन्, र ग्रहण गर्छन्, र फल दिन्‍छन्‌ तीस गुणा, साठी गुणा र सय गुणा।” तपाईमा भएको वचनरुपी बीउलाई मलजल गर्न प्रत्येक दिन समय दिनुहोस्।

तपाईको जीवनमा फल फलाउने बीउको मात्रा तपाईको जिम्मेवारी हो, र

तपाईको उपलब्धि पनि तपाईमा नै निर्भर गर्छ।