दश आज्ञाहरू:

दश आज्ञाहरू प्रस्थान २०:१-१७ र व्यवस्था ५:१-२२ मा लेखिएका छन्। वास्तवमा, बाइबलमा ६१३ वटा आज्ञाहरू छन्, जुन यिनै १० आज्ञाहरूबाट उधृत गरिएका हुन्, अनि प्रत्येकले हामीलाई परमेश्वरलाई चिन्न र उहाँका मार्गहरू बुझ्न साहयता गर्छन्। जब परमेश्वरले सिनै पर्वतमा आफूलाई प्रकट गर्नुभयो अनि मोशा र इस्राएलका सन्तानहरूसँग नौलो करार स्थापना गर्नुभयो, उहाँले त्यसभन्दा अघिल्लो करारलाई बलियो बनाउँदै हुनुहुन्थ्यो जसलाई सात नोहाइड नियम पनि भनिन्छ।

बाइबलमा भएका हरेक निर्देशनहरू यी मध्ये कुनै न कुनै आज्ञासँग सम्बन्धित छन्, र तिनीहरूको लक्ष्य परमेश्वरलाई र आफ्नो छिमेकीलाई प्रेम गरेर जिउनु हो। व्यवस्थाको आशिष नै परमेश्वरलाई अझ घनिष्ट रूपमा छिन्न पाउनु हो। डिडाकेका अनुसार, प्रेरितहरूले यसो भनेर सिकाउने गर्थे, “यदि तपाईले परमेश्वरको सम्पूर्ण जुवा बोक्न सक्छ भने, तपाई सिद्ध हुनुहुनेछ। तर यदि तपाईले त्यो गर्न सक्षम हुनुहुन्न भने पनि, आफूले जे गर्न सक्नुहुन्छ त्यही गर्नुहोस्। अनि खाने कुराको विषयमा पनि, सकेसम्म आफूलाई सम्हाल्नुहोस्, तर मूर्तिहरूलाई बलि चढाइने कुराहरूको विरुद्धमा धेरै होशियार रहनु, किनभने त्यो मृत देवताहरूको सेवा हो।” यो बुझ्न महत्त्वपूर्ण छ कि, बाइबलमा उहाँले दिनुभएका आज्ञाहरू मार्फत परमेश्वरलाई चिन्ने ६१३ तरिकाहरू छन्, र तिनीहरूलाई  सिक्नको लागि जीवन भरि पनि लाग्नसक्छ।

  • म परमप्रभु तिमीहरूका परमेश्वर हुँ
  • तिमीहरुले मेरो उपस्थितिमा अरू देवताहरूलाई पुज्न अथवा मूर्तिहरू बनाउनु हुँदैन
  • तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको नाउँ व्यर्थमा लिनू  हुँदैन
  • शबाथ दिनलाई याद गर्नु (ख्रीष्टियनहरूले शबाथलाई पवित्र राख्नुपर्छ)
  • आफ्नो बुबा र आमाको आदर गर्नु
  • तिमीहरुले हत्या गर्नु हुँदैन
  • तिमीहरुले व्यभिचार गर्नु  हुँदैन
  • तिमीहरुले चोरी गर्नु हुँदैन
  • तिमीहरुले आफ्नो छिमेकीको विरुद्ध झूटो गवाही दिनु हुँदैन
  • तिमीहरूले आफ्ना वरिपरिका मानिसहरुका कुराहरूको लालच गर्नू  हुँदैन

१० आज्ञाबाट सिक्न सकिने ५  वटा सिद्धान्तहरू छन् :

दश आज्ञाका पाँच सिद्धान्तहरू:

#1 अरूलाई टाढाको जस्तो व्यवहार नगर्नुहोस् वा तिनीहरूलाई बेवास्ता नगर्नुहोस्, तिनीहरू र तिनीहरूको मतभेदहरूलाई समाधान गर्नुहोस् वा सुल्झउनुहोस्,

#2 सम्बन्धमा धोका नदिनुहोस्

#3 निश्चित वा प्रेरणामा भएको आफ्नो दृढ विश्वासलाई नत्याग्नुहोस्

#4 सत्यतालाई जोगाइराख्नु

#5 अर्को जीवन नखोज्नु, र आफूसँग भएको जीवनको लागि कृतज्ञ हुनु


मत्ती ६:३३ “तर पहिले उहाँको राज्‍य र उहाँका धार्मिकताको खोजी गर, र यी सबै थोक तिमीहरूका निम्‍ति थपिनेछन्‌।”

व्यवस्था १५:४-५ “मैले आज आदेश दिएका परमप्रभु तिमीहरूका परमेश्‍वरको वचन तिमीहरूले होशियारीसाथ पालन गर्‍यौ भने, तिमीहरूमा कोही गरीब हुनेछैन, 5किनभने तिमीहरूको अधिकारमा दिनुहुने देशमा परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई प्रशस्‍त आशिष्‌ दिनुहुनेछ।” (व्यवस्थाको आशिष)

भजनसंग्रह २५:४-५ “हे परमप्रभु, तपाईंको मार्ग मलाई देखाउनुहोस्‌, तपाईंको बाटोमा हिँड्‌न मलाई सिकाउनुहोस्‌।तपाईंको सत्‍यतामा मलाई डोर्‍याउनुहोस्‌, र मलाई सिकाउनुहोस्‌, किनकि तपाईं नै मेरा उद्धारका परमेश्‍वर हुनुहुन्‍छ,र दिनभरि तपाईंमा नै मेरो आशा छ।”

दश आज्ञाहरू दिनु अघि, परमेश्वरले पहिले नै सात नोहाइड नियमहरू सबै मानिसको लागि दिनुभएको थियो। इस्राएलसँग जोडिन चाहने हरेक व्यक्तिको लागि हजारौं वर्षसम्म यिनै ७ नियमहरू आधार थिए। येशूको समय भन्दा पहिले पनि कुनै गैर-यहूदी व्यक्तिले यदि ७ नोहाइड नियमहरू पालना गरेमा, उनिहरुलाई  धर्मी व्यक्ति मानिन्थ्यो।

बाइबलमा  १० आज्ञाहरू:

प्रस्थान २०:१-१७

१अनि यी सब कुरा परमेश्‍वरले भन्‍नुभयो: २“म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ, जसले तिमीहरूलाई मिश्रदेश, अर्थात्‌ दासत्‍वको देशबाट निकालेर ल्‍याएँ।३“मबाहेक अरू कुनै देवता-देवीहरू नमान्‍नू।४“आफ्‍ना निम्‍ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनू, माथि आकाश अथवा तल पृथ्‍वी वा तल पानीमा भएको कुनै कुराको आकारको प्रतिमूर्ति नबनाउनू। ५तिनीहरूका सामु ननिहुरनू, तिनीहरूको पूजा नगर्नू, किनकि म परमप्रभु तिमीहरूका परमेश्‍वर डाह गर्ने परमेश्‍वर हुँ। मेरो अवहेलना गर्ने पिता-पुर्खाका अधर्मको दण्‍ड उनीहरूका सन्‍तानहरूलाई उनीहरूका तेस्रो र चौथो पुस्‍तासम्‍म दिनेछु, ६तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्नेहरूका हजारौँ पुस्‍तामाथि म कृपा गर्नेछु।७“परमप्रभु आफ्‍ना परमेश्‍वरको नाउँ व्‍यर्थैमा नलिनू, किनकि उहाँको नाउँ व्‍यर्थैमा लिनेलाई परमप्रभुले निरपराध ठहराउनुहुनेछैन। ८“शबाथ-दिन पवित्र मान्‍नुपर्छ भनी याद राख्‍नू। ९छ दिनसम्‍म परिश्रम गरेर आफ्‍ना सबै काम गर्नू, १०तर सातौँचाहिँ दिन परमप्रभु तिमीहरूका परमेश्‍वरको निम्‍ति शबाथ-दिन हो। त्‍यसमा तिमीहरूले केही काम नगर्नू, न त आफ्‍नो छोराले, न छोरीले, न कमारा-कमारीले, न गाईबस्‍तुले, न मूल ढोकाभित्र भएको परदेशीले केही काम गरोस्‌। ११किनकि छ दिनमा परमप्रभुले आकाश, पृथ्‍वी, समुद्र र तिनमा भएका सबै थोक बनाउनुभयो, तर सातौँ दिनमा चाहिँ विश्राम गर्नुभयो। त्‍यसकारण परमप्रभुले शबाथ-दिनलाई आशिष्‌ दिनुभयो, र त्‍यसलाई पवित्र गर्नुभयो। १२“आफ्‍ना बुबा र आमालाई आदर गर, कि जुन देश तिमीहरूलाई परमप्रभु आफ्‍ना परमेश्‍वरले दिनुहुन्‍छ, त्‍यहाँ तिमीहरूको आयु लामो होस्‌।१३“हत्‍या नगर्नू। १४“व्‍यभिचार नगर्नू। १५“चोरी नगर्नू। १६“आफ्‍नो छिमेकीको विरुद्धमा झूटो गवाही नदिनू। १७“आफ्‍नो छिमेकीका घरको लालच नगर्नू। आफ्‍नो छिमेकीकी पत्‍नीको लालच नगर्नू, आफ्‍नो छिमेकीको कमारा, कमारी, गोरु, गधा वा त्‍यसको कुनै पनि थोकको लालच नगर्नू।”

व्यवस्था ५:१-२२

मोशाले सबै इस्राएलीहरूलाई बोलाएर भने: हे इस्राएली हो, आज मैले तिमीहरूलाई दिएका विधि र विधान सुन, र ती होशियारीसाथ पालन गर।  परमप्रभु हाम्रा परमेश्‍वरले हामीसित होरेबमा करार बाँध्‍नुभयो। परमप्रभुले यो करार हाम्रा पिता-पुर्खासँग होइन, तर हामीसँग, जो आजसम्‍म यहाँ जीवित छौं, यो बाँध्‍नुभएको हो। परमप्रभुले तिमीहरूसँग पर्वतमा अग्‍निबाट आमनेसामने कुरा गर्नुभयो। (त्‍यस बेला म नै परमप्रभु र तिमीहरूका बीचमा भएर परमप्रभुका वचन तिमीहरूलाई जनाउन खड़ा भएँ, किनकि तिमीहरू अग्‍निको कारण डराएका थियौ, र पर्वतमा उक्‍लेनौ।) अनि उहाँले भन्‍नुभयो। “म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ, जसले तिमीहरूलाई मिश्रदेश, अर्थात्‌ दासत्‍वको देशबाट निकालेर ल्‍याएँ। “मबाहेक अरू कुनै देवी-देवताहरू नमान्‍नू। “आफ्‍ना निम्‍ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनू, माथि आकाश अथवा तल पृथ्‍वी वा तल पानीमा भएको कुनै कुराको आकारको प्रतिमूर्ति नबनाउनू। तिनीहरूका सामु ननिहुरनू, तिनीहरूको पूजा नगर्नू, किनकि म परमप्रभु तिमीहरूका परमेश्‍वर डाह गर्ने परमेश्‍वर हुँ। मेरो अवहेलना गर्ने पिता-पुर्खाका अधर्मको दण्‍ड उनीहरूका सन्‍तानहरूलाई उनीहरूका तेस्रो र चौथो पुस्‍तासम्‍म दिनेछु,  १०तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्नेहरूका हजारौँ पुस्‍तामाथि म कृपा गर्नेछु। ११“परमप्रभु आफ्‍ना परमेश्‍वरको नाउँ व्‍यर्थैमा नलिनू, किनकि उहाँको नाउँ व्‍यर्थैमा लिनेलाई परमप्रभुले निरपराध ठहराउनुहुनेछैन। १२“परमप्रभु आफ्‍ना परमेश्‍वरले आज्ञा गर्नुभएबमोजिम शबाथ-दिन पवित्र राख्‍न याद राख्‍नू।  १३छ दिनसम्‍म परिश्रम गरेर आफ्‍ना सबै काम गर्नू,  १४तर सातौँचाहिँ दिन परमप्रभु तिमीहरूका परमेश्‍वरको निम्‍ति शबाथ हो। त्‍यसमा तिमीहरूले केही काम नगर्नू— आफ्‍ना छोराछोरी, कमारा-कमारी, गोरु, गधा कुनै पशुले सहरभित्र भएको परदेशीले पनि केही काम नगरोस्‌। आफ्‍ना कमारा र कमारीले तिमीहरूसँग विश्राम गरून्‌। १५तिमीहरू मिश्रमा कमारा हुँदा कसरी परमप्रभु तिमीहरूका परमेश्‍वरले आफ्‍नो बाहुबल र फैलिएको पाखुरा प्रयोग गरी तिमीहरूलाई निकालेर ल्‍याउनुभयो, सो याद राख। यसैकारण परमप्रभु तिमीहरूका परमेश्‍वरले शबाथ मान्‍न तिमीहरूलाई आज्ञा गर्नुभएको हो। १६परमप्रभु आफ्‍ना परमेश्‍वरले आज्ञा दिनुभएझैँ आफ्‍ना बुबा र आमालाई आदर गर्नू, र परमप्रभु आफ्‍ना परमेश्‍वरले दिनुभएको देशमा तिमीहरूको आयु लामो होस्, र त्‍यहाँ तिमीहरूको भलो होस्‌। १७“हत्‍या नगर्नू। १८“व्‍यभिचार नगर्नू। १९“चोरी नगर्नू। २०“आफ्‍नो छिमेकीको विरुद्धमा झूटो गवाही नदिनू। २१“आफ्‍नो छिमेकीका पत्‍नी, घर, खेतबारी, कमारा, कमारी, गोरु, गधा, अथवा त्‍यसको कुनै पनि वस्‍तुको लालच नगर्नू।” २२यी आज्ञाहरू परमप्रभुले पर्वतमा आगो र बादल र घोर अन्‍धकारको बीचबाट तिमीहरूका सारा समुदायलाई ठूलो सोरले भन्‍नुभयो। उहाँले थप केही भन्‍नुभएन। अनि उहाँले ती आज्ञा दुई वटा ढुङ्गाका पाटीमा लेखेर मलाई दिनुभयो।