Author: D. A. K.

मसीहको भूमिका के हो?

के तपाईंलाई थाहा छ, येशू ख्रीष्ट मसीहको रूपमा योग्य हुनको लागि, उहाँले बाइबलमा उल्लेख गरिएको एउटा विशेष काम पूरा गर्नुपर्छ? बाइबलमा यो कुरा राम्रोसँग लेखिएको छ कि, येशूले थुप्रै भविष्यवाणीहरू पूरा गर्नुभयो, र यसमा कुनै दुविधा छैन, किनभने परमेश्वरले उहाँलाईमृत्युबाट ब्यूँताउनुभयो, र उहाँ पुनरुत्थान हुने सबैमध्ये पहिलो हुनुहुन्छ – उहाँ मसीह हुनुहुन्छ। तर मसीहको भूमिका निर्वाह गर्न उहाँले गर्नुपर्ने विशेष काम अझै बाँकी थियो। त्यसोभए, मसीहको भूमिका के हो, र उहाँका जिम्मेवारीहरूलाई बाइबलमा कहाँ उल्लेख गरिएको छ त? यीप्रश्नहरूको जवाफ खोज्न तलको सामग्री अध्ययन गर्न जारी राख्नुहोस्। धेरै मानिसहरूले कुनैपनि व्यक्तिलाई मसीह हुनको लागि उसले पुरा गर्नुपर्ने विशेष नियमहरू बाइबलले दिन्छ भन्ने कुरा बुझ्दैनन्, न त तिनीहरूलेती सबै पूरा नगरेमा कसैलाई मसीहको रूपमा अयोग्य मान्न सकिन्छ भन्ने कुरा नै बुझ्छन्। धर्मशास्त्रका अनुसार, इस्राएलका राजा (वा मसीहको) लागि विशेष कार्यहरू छन्, र यदि कुनै व्यक्तिले ती कार्यहरू गर्छ भने, हामीले ऊ मसीह हो भनेर थाहा पाउँछौँ। बाइबलका सबैअगमवक्ताहरू र इतिहासभरि अरू धेरैले पनि मसीहलाई नै पर्खिराखेका थिए, र छन् पनि। १ पत्रुस १:१०-१२ ले यसो भन्छ: “तिमीहरूका निम्ति हुन आउने अनुग्रहको विषयमा अगमवाणी बोल्ने अगमवक्ताहरूले…

येशूलाई ग्रहण गर्नुभनेको के हो?

यो प्रश्नको छोटो उत्तर हो: तपाईं पश्चात्ताप गर्न चाहनुहुन्छ, अनि तपाईं परमेश्वरको करार स्वीकार गर्न चाहनुहुन्छ, र जसरी इजरायलका सन्तानहरूले प्रस्थान १९:८-११ मा भनेका छन्, “परमप्रभुले भन्नुभएको सबै कुरा हामीले…