के ख्रीष्टियनहरुले शबाथ दिन पवित्र मान्नुपर्छ?

शबाथ दिन इस्राएल र परमेश्वर बीचको करारको चिन्ह हो, त्यसोभए के यहूदी राजा येशूलाई आफ्नो जीवन समर्पण गरेर यहूदी जातीमा सामेल हुने ख्रीष्टियनहरूले अझै पनि शबाथ दिनलाई विशेष मान्नुपर्छ? यो प्रश्नको जवाफ “हो, मान्नुपर्छ” भनेर हामी विश्वास गर्छौँ, अनि किन मान्नुपर्छ भनेर तल व्याख्या गर्नेछौँ।

हामी उद्धार पाउनको लागि परमेश्वरका आज्ञाहरू पालन गर्दैनौँ, बरु हामी परमेश्वरलाई बुझ्न र छिन्न, र उद्धार पाएको कारण ती पालन गर्छौँ। १ यूहन्ना २:३ ले भन्दछ कि यदि हामी उहाँका आज्ञाहरू पालन गर्छौँ भने हामी परमेश्वरलाई चिन्छौँ। परमेश्वरलाई चिन्ने 613 तरिकाहरू छन् (तोरामा भएका आज्ञाहरू), र शबाथ ती मध्ये एक हो। परमेश्वरका आज्ञाहरू सिक्न वर्षौं लाग्छ, र धेरै पटक हामीले एक पटकमा एउटा आज्ञा मात्र सिक्न सक्छौँ।

शबाथ सिक्नको लागि एउटा अद्भुत आज्ञा हो, र यसलाई पालन गर्दा परिवारका सदस्यहरु एक-आपसमा नजिक हुन साहयता पुग्छ। यहूदीहरु शबाथ दिन पालन गर्ने कुरामा होशियार हुनुपर्छ, अनि यस विषयमा उनीहरुको विभिन्न परम्पराहरू छन्, तर हामी विश्वास गर्छौँ कि, येशूसँग जोडिने ख्रीष्टियनहरूले कम्तिमा शबाथ दिनलाई आदर गरेर यसलाई परमेश्वरलाई अझ राम्रोसँग जान्ने सरल माध्यमको रूपमा सम्झनुपर्छ। प्रेरितको पुस्तकमा चेलाहरूले शबाथ दिन पालन गरेको घटना धेरै ठाउँमा लेखिएको छ, अनि उनीहरुमाझ यसलाई मान्नु हुँदैन कि भन्ने विषयमा कहिल्यै कुनै प्रश्न नै उठेको थिएन।

अब त्यसोभए ख्रीष्टियनहरुले किन शबाथ दिन पालन गर्न छोडे भन्ने प्रश्न आउँछ, र यदि तपाईं यस विषयमा विस्तृत अध्ययन गर्न चाहनुहुन्छ भने डेनियल ल्यान्कास्टरले लेख्नुभएको From Sabbath to Sabbath भन्ने राम्रो पुस्तक उपलब्ध छ। शबाथ आशिषको लागि बनिएको दिन हो। प्रस्थान २०:८ ले भन्छ, “शबाथ-दिन पवित्र मान्‍नुपर्छ भनी याद राख्‍नू।” यसलाई पवित्र मान्नुको अर्थ अरु दिनहरु भन्दा अलगै अथवा विशेष रूपमा मनाउनु हो। यदि तपाईं १० आज्ञाहरू पालन गर्नुपर्छ भनेर विश्वास गर्नुहुन्छ भने, शबाथ दिन चौंथो आज्ञा हो। प्रत्येक शुक्रबार साँझ सूर्यास्तमा शबाथमा सरिक हुँदै आदर गरेर दोब्बर भाग प्राप्त गर्ने अवसर हो।

प्रस्‍थान १६:२३ मा परमेश्‍वरले मानिसहरूलाई यो आज्ञा दिनुभयो, “भोलि विश्रामको दिन हो, परमप्रभुको निम्‍ति एक पवित्र शबाथ हो।” यो आज्ञा इस्राएलका सन्तानहरू र तिनीहरूसँगै मिश्रबाट आएका अन्यजातिहरूलाई दिइएको थियो। परमेश्‍वरले मोशालाई १० आज्ञा दिनुभन्दा पहिले नै शबाथ राम्रोसँग परिचित थियो।

धेरै ख्रीष्टियनहरूले शुक्रबार साँझ सूर्य अस्ताउँदा मैनबत्ती बालेर प्रभु भोज लिएर शबाथको दिनलाई मनाउने गर्छन्। शबाथ दिन कतिबेला सुरु हुन्छ भन्ने विषयमा थुप्रै प्रश्नहरु छन् भनेर हामीलाई थाहा छ; बाइबलमा भएका सन्दर्भहरु र त्यस दिनको बारेमा यहूदी परम्पराहरु बाहेक अधिकांश देशहरुले शनिबारलाई नै शबाथ दिन भन्छन्। सुरुमा उत्पत्ति १:५ मा परमेश्वरको दिन साँझ सुर्य अस्ताउँदा देखि सुरु हुन्छ भनेर बताइएको छ: “साँझ पर्यो र बिहान भयो।” साँझ पहिले आयो। जसरी परमेश्वरले यहूदीहरूलाई संसारलाई बाइबल दिन प्रयोग गर्नुभयो, तिनीहरूले नै तोकिएका चाडहरू कसरी र कहिले मनाउने भनेर पनि बुझेका छन्। लेवी २३:१-३ ले शबाथ नै प्रथम ठहराइएको चाड हो भनेको छ। हामी विश्वास गर्छौँ, शबाथलाई बुझ्ने सबैभन्दा असल तरिका हरेक शुक्रबार साँझ यसलाई पालन गर्ने यहूदीहरूबाट सिक्नु हो।

तल हामीले फेला पारेका केही राम्रा र उपयोगी भिडियो सामग्रीहरू छन्।

यहाँ बाइबलमा भएका शबाथ पालन गर्ने अन्यजातिहरूको सन्दर्भ दिइएको छ। यशैया ५६:६-७ मा यसो भनिएको छ, “परमप्रभुको सेवा गर्न, परमप्रभुको नाउँलाई प्रेम गर्न र उहाँको आराधना गर्न, शबाथ-दिन बिटुलो नपारी मान्‍न र मेरो करार पालन गर्न परमप्रभुमा बाँधिएका सबै विदेशीहरूलाई म मेरो पवित्र पर्वतमा ल्‍याएर मेरो प्रार्थनाको घरमा आनन्‍दित तुल्‍याउनेछु। तिनीहरूका होमबलि र बलिदानहरू मेरो वेदीमा ग्रहणयोग्‍य हुनेछन्, किनकि मेरो भवन सबै जातिहरूका निम्‍ति प्रार्थनाको घर भनिनेछ।”

यदि तपाइँ शबाथ दिनलाई आदर गर्न चाहनुहुन्छ भने, ख्रीष्टियनहरूको लागि तल सरल निर्देशन दिइएको छ:

१. मैनबत्ती प्रज्वलन: सूर्यास्त भन्दा १८ मिनेट अघि

दुईवटा मैनबत्तीहरू बाल्नुहोस्, त्यसपछि  उज्यालो देख्न नसक्ने गरि आफ्नो हातले आँखा छोप्नुहोस्, र तल लेखिएको आशिष बोल्नुहोस्। आशिषलाई भनिसकेपछि, बत्तीहरूलाई एकपटक हेर्नुहोस्। बत्तीहरूले “मसीहको ज्योति” को प्रतिनिधित्व गर्दछन्।

मैनबत्ती बाल्दा (हातले आँखा छोपेर आशिष बोल्नुहोस्)

हे परमप्रभु हाम्रा परमेश्वर, ब्रह्माण्डका राजा, जसले हामीलाई आफ्ना आज्ञाहरूद्वारा पवित्र पार्नुभएको छ, तपाई धन्यको हुनुहुन्छ। हाम्रो पवित्र मालिकको ज्योति सारा संसारमा चम्कनु तपाईंको इच्छा होस्।

आफ्नो आँखा खोल्नुहोस् र आफ्नो परिवारको लागि आशिष बोल्नुहोस्। तपाईले तलको उदाहरण प्रयोग गर्न सक्नुहुनेछ

हे परमप्रभु, मेरा परमेश्‍वर र मेरा पिता-पुर्खाहरूका परमेश्‍वर, म (मेरो श्रीमान्, मेरा छोराहरू, मेरा छोरीहरू, मेरा बुबा, मेरी आमा,) र मेरो सम्पूर्ण परिवारमाथि कृपा गर्नु तपाईको इच्छा होस्। हामीलाई र सारा इस्राएललाई असल र लामो आयु दिनुहोस्। हामीलाई सम्झेर भलाइ र आशिष ल्याउनुहोस्। उद्धार र करुणा ल्याएर हामीलाई याद गर्नुहोस्। हामीलाई ठूलो आशिष दिनुहोस् र हाम्रो घरलाई पूर्ण बनाउनुहोस्। तपाईंको बासस्थान हाम्रो बीचमा रहन दिनुहोस्। परमप्रभुलाई प्रेम गर्ने, परमेश्वरको भय मान्ने, सत्यद्वारा जिउने बुद्धिमान् छोराछोरी र नातिनातिनाहरू हुर्काउने सौभाग्य मलाई दिनुहोस्, यस्तो पवित्र सन्तति जो परमप्रभुसँग टाँसिरहन्छन्, जसले तोराद्वारा, असल कामद्वारा र आफ्ना सृष्टिकर्ताको सेवामा गरेको परिश्रमद्वारा सारा संसारलाई ज्योति दिन्छन्। कृपया यस समयमा हाम्रा आमाहरू सारा, रिबेका, राहेल र लेआको योग्यतामा मेरो बिन्ती सुन्नुहोस्, र हाम्रा बत्तीहरू कहिल्यै ननिभ्ने गरी प्रज्वलित बनाउनुहोस्। आफ्नो मुहार चम्काउनुहोस्, र हामी बाँच्नेछौँ। आमेन।

नोट: पुरुषहरूले सूर्य अस्ताउनु अघि गर्ने विशेष प्रार्थनाहरू पनि छन्। यसलाई “Erev Shabbat” भनिछ, जसको अर्थ शबाथको अघिल्लो दिन वा सबाथ इभ हो। यदि तपाई यी प्रार्थनाहरु चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस्।

Kiddush (जुस/वाइन को लागि आशिष) को अगाडी बजाउनको लागि हामीसँग गीतहरू छन्, जस्तै तल समावेश गरिएको जोशुआ आरोनको Sabbat Shalom नामक गीत र FFOZ को परम्परागत गीत Shalom Aleichem (शबाथलाई आदर गर्ने प्रत्येक व्यक्तिको ख्याल राख्ने स्वर्गदूतहरूलाई स्वागत गर्दै), जो यसप्रकार छन्: https://tv.ffoz.org/sabbath-table-melodies/shalom-aleichem1.html#7936

२.Kiddush: वाइन (वा रस) मा आशिष

शान्त भएर वाइन/जूसको कप समात्नुहोस्

अनि साँझ पर्‍यो र बिहान भयो— छैटौँ दिन। यसरी आकाशमण्डल र पृथ्‍वी र तिनमा भएका सबै कुरा बनाइसिद्धिए। आफूले गर्नुभएका काम छैटौँ दिनमा परमेश्‍वरले सिद्ध्याउनुभयो। र सातौँ दिनमा आफूले गर्नुभएका सबै कामबाट उहाँले विश्राम लिनुभयो। अनि परमेश्‍वरले सातौँ दिनलाई आशिष्‌ दिनुभयो र त्‍यसलाई पवित्र तुल्‍याउनुभयो, किनभने आफूले सृष्‍टिमा गर्नुभएका सारा कामबाट यसै दिनमा उहाँले विश्राम लिनुभयो।

तपाईंको अनुमतिको साथ -हे हाम्रा पिता, आफ्ना सेवक दाऊदको पवित्र दाखको बोट, हामी तपाईलाई धन्यवाद चढाउँछौँ, जसले आफ्नो सेवक येशुवा मार्फत हामीलाई प्रकट गर्नुभयो। महिमा सदा सर्वदा तपाईकै हो। हे परमप्रभु, हाम्रा परमेश्वर, ब्रह्माण्डका राजा, जसले दाखको फललाई सृष्टि गर्नुहुन्छ, तपाईं धन्यको हुनुहुन्छ। हे सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर, तपाईंले आफ्नो वचनद्वारा संसार सृष्टि गर्नुभयो, र तपाईंले शबाथलाई सम्झनाको रूपमा अलग गर्नुभयो। किनकि त्यहि दिन तपाईंले आफ्नो तोरामा भएका वचनलाई मनन गर्नको निम्ति आफ्नो कामहरुबाट विश्राम लिनुभयो। किनकि शबाथ भनेको सृष्टिबाट विश्राम, संसारको पूर्णता, तोराका शब्दहरू खोज्ने, परमेश्वरको प्रशंसाको अभिव्यक्ति हो, उहाँले मानिसजातिलाई दिनुभएको कुराहरुको लागि उहाँलाई धन्यवाद दिने हो। शबाथलाई पवित्र पार्नुहुने परमप्रभु, तपाईं धन्य हुनुहुन्छ।

त्यसपछि वाइन/जूस पिउनुहोस्।

३. रोटीको लागि आशिष: रोटीको टुक्रालाई लिनुहोस्

हामी तपाईंलाई धन्यवाद दिन्छौँ, हाम्रा पिता, जसले हामीलाई जीवन दिनुभयो, अनि आफ्नो सेवक येशूद्वारा प्रकट गर्नुभएको ज्ञानको लागि। महिमा सदा सर्वदा तपाईकै हो।

जसरी यो रोटीको टुक्रा पहाडहरूमा छरिएको थियो र एकसाथ जम्मा भयो, त्यसरी नै पृथ्वीको कुना-कुनाबाट तपाईंको राज्यमा तपाईंको सभा जम्मा होस्। किनकि येशूद्वारा सदासर्वदा महिमा र शक्ति तपाईंको हो।

हे परमप्रभु हाम्रा परमेश्वर, ब्रह्माण्डका राजा, पृथ्वीमा रोटी दिनुहुने, तपाईं धन्य हुनुहुन्छ। रोटीमा नुन छर्कनुहोस्। (बाँडचुँड गरेर रोटी खानुहोस्)।

४.मित्रहरू र परिवारसँग डिनरको आनन्द लिनुहोस्

आफ्ना मित्रहरू र परिवारसँग मिठो भोजनको आनन्द लिनुहोस्, र तपाईंले तोरामा यो हप्ता के सिक्नुभयो त्यसको बारेमा कुरा गर्नुहोस्! यहाँ तोराको भागहरूको सूची छ, र प्रत्येकमा केही उत्कृष्ट साप्ताहिक भिडियोहरू छन्।