येशूले स्वर्गको राज्य नजिक भएको कारण पश्चात्ताप गर्न भन्नुभयो

साँचो पश्चात्तापले तपाईंलाई परमेश्वर प्रतिको इच्छालाई बढाउन, र यस पृथ्वीमा परमेश्वर र उहाँको राज्यको बढ्ता समझ प्राप्त गर्न डोर्याउँछ। पश्चात्ताप परमेश्वरको निर्देशनहरू प्रति आज्ञाकारी हुन विवेकले निर्णय गरेर सुरु हुन्छ, र त्यसपछि तपाईंले परमेश्वरको निर्देशनको बुझाइमा बढ्दै जाँदा, तपाईंले सिकेको कुरा लागू गर्नुहुन्छ। पश्चात्ताप हाम्रो जीवनको सबैभन्दा महत्त्वपूर्ण चुनौती हो, र हामी यसमा निपुण हुनुपर्छ। हामीले यसलाई बिस्तारै लिनुपर्छ र आफ्नै गतिमा जानुपर्छ। यसमा हामीले सधैं काम गरिराख्नु पर्छ। यदि तपाईं पास्टर, रब्बी, बैंक टेलर, निर्माण मजदुर, वा घरमा बस्नुहुने आमा हुनुहुन्छ भने – हामी सबै परमेश्वरको ज्ञानमा निरन्तर वृद्धि भईराख्नुपर्छ, अनि आफूले सिकेका कुराहरू निरन्तर रूपमा अभ्यास गर्न सिक्नुपर्छ। यो जीवनभरको प्रतिबद्धता हो।

Teshuvah (पश्चात्ताप) को सरल हिब्रू परिभाषा भनेको तपाईंले गरेको गडबडीमा पछुताउनु र त्यसलाई फेरि कहिल्यै नदोहोर्याउने संकल्प गर्नु हो। परमेश्वरका निर्देशनहरू नबुझ्दा अथवा गलत तरिकाले बुझ्दा हामीले गल्तीहरु गर्छौं। कहिलेकाहीँ हामी परमेश्वरको सत्यताहरू नसिकेर नै बढ्छौँ। कहिलेकाहीँ हामीलाई यस्तो महसुस हुन्छ कि हामीले परमेश्वरलाई बुझिसकेका छौँ, र अरु नयाँ कुरा केहि पनि सिक्नु आवश्यक छैन। पश्चात्तापको कुञ्जी भनेको आफूले सबै कुरा नबुझेको ‘ठिक हो’, र मसँग अझै सुधारको लागि ठाउँ छ भनेर स्वीकार गर्नु हो।

हामी बढ्न आवश्यक छ र यो बुझ्नु पर्छ कि हामी मर्ने दिन सम्म उहाँलाई खोजिरहेको परमेश्वर चाहनुहुन्छ। यस संसारमा रहँदासम्म परमेश्वरलाई पूर्ण रूपमा बुझ्न सकिँदैन, र यदि हामीले पूर्ण रूपमा बुझ्छौँ भनेर दाबी गर्छौं भने हामी गलत हुन्छौँ।

यदि तपाईंले केहि समय परमेश्वरको वचन अध्ययनमा बिताउनुभएको छ भने, तपाईंलाई परमेश्वरको इच्छा के हो भन्ने बारे केही ज्ञान हुनुपर्छ – उहाँका आज्ञाहरू (निर्देशनहरू) पालन गर्नु। येशूले भन्नुभयो, “यदि तिमीहरूले उहाँलाई प्रेम गर्छौ भने, तिमीहरूले उहाँका आज्ञाहरू पालन गर्नेछौ”। १ यूहन्ना २:३ ले भन्छ, “यदि हामीले उहाँका आज्ञाहरू पालन गर्‍यौं भने यसैबाट हामी थाहा पाउन सक्‍छौं, कि हामी उहाँलाई चिन्‍दछौं।”

परमेश्‍वरको नजिक बढ्ने र उहाँलाई चिन्‍ने एउटा व्यावहारिक तरिका

हामी हाम्रो शरीरको अभिलाषाहरुबाट “शुद्धीकरण र पुनस्थापना” को यात्रा सुरु गर्न लाग्दैछौँ। याकूब ४:१७ ले भन्छ, “यसकारण जसले भलाइ गर्न जानेर पनि गर्दैन त्‍यसले पाप गर्छ।” हामीलाई थाहा भएको र सुधार्न काम गर्नुपर्ने कुराहरुको सुची बनाएर हामी सुरु गरौँ। एउटा सूचीबाट सुरु गर्नुहोस् (एउटै  अथवा धेरै कुरहरु- यो तपाईं सूची हो) र तपाईंलाई आफूले सुधार गर्न काम गर्नुपर्ने कुरा थाहा छ; हामीले माथि केही उदाहरणहरू पनि प्रदान गरेका छौँ।

पश्चात्ताप कस्तो देखिन्छ भन्ने परिभाषा

पश्चात्तापको प्रक्रिया पहिला पापको स्वीकार, दोस्रो पाप गर्न छोडेर, तेस्रो पापको पछुतो गरेर, र चौथो गल्तीहरूलाई सच्याउने कदमबाट सुरु हुन्छ। (लेवी २६:४०-४५)

म कहाँबाट सुरु गर्छु:

१. परमेश्वरको मार्गहरुमा समर्पण गरेर र उहाँका निर्देशनहरू सिक्ने प्रतिबद्धता गरेर।

२. असल र खराब के हो भनेर छुट्टाएर (यो आजीवन अध्ययनको प्रक्रिया हो)। यो दिनको १० मिनेट अथवा दिनको २ घण्टासम्म पनि हुन सक्छ। यो तपाईको आफ्नो छनोट हो।

३. आफ्नो लागि सीमाहरू तोक्नुहोस्। उदाहरणको लागि: तपाईंले आफ्नो आँखा, कान, र विचारहरू कसरी जोगाउनुहुने।

४. अन्ततः यसको लक्ष्य भनेको तपाईको जीवनमा भएको पापलाई असल कुरामा परिवर्तन गर्नु हो। उदाहरणको लागि: यदि तपाईंले अनैतिक सम्बन्ध, अरुको कुरा काट्ने, अत्यन्तै क्रोधित हुने जस्ता पापहरूलाई जित्नुभएको छ भने, तपाईंले आफ्नो अनुभव अरूहरुलाई पनि यी पापहरुलाई जित्न मद्दत गर्न प्रयोग गर्न सक्नुहुन्छ।

पश्चात्ताप भनेको परमेश्वरका आज्ञाहरू तपाईंको जीवनमा व्यावहारिक रूपमा लागू गर्नु हो। (मत्ती ३:८-१० / याकूब २:१४-२६)। पश्चात्तापी जीवन भनेको विश्वासद्वारा जीवन जिएर, परमेश्वरका थोकहरूको लागि तपाईंको इच्छामा गहिरो रूपमा बढ्दै जानु हो। यहि कुरा प्रत्येक मानिसले आफ्नो जीवनको हरेक वर्ष गर्नुपर्छ। येशूले यूहन्ना १४:१५ मा यसो भन्नुभयो, “यदि तिमीहरूले मलाई प्रेम गर्छौ भने, तिमीहरूले मेरा आज्ञाहरू पालन गर्नेछौ।”

उपदेशक १२:१३-१४ ले यसरी भन्छ, “…परमेश्‍वरको भय राख र उहाँका आज्ञाहरू पालन गर। किनभने मानिसले गर्नुपर्ने सारा कर्तव्‍य यही नै हो। १४किनकि हामीले गरेको हरेक काम, असल होस्‌ वा खराब होस्, प्रत्‍येक गुप्‍त कुरासमेत सबैको न्‍याय परमेश्‍वरले गर्नुहुनेछ।”

परमेश्वरको राज्यको विषयमा असल अन्तर्दृष्टि प्रदान गर्ने Lars Enarson द्वारा लेखिएको पुस्तक Joy of the Whole Earth: Jerusalem and the Future of the World, एउटा उत्कृष्ट स्रोत हो। प्रत्येक ख्रीष्टियनले किन तोरा अध्ययन गर्नपर्छ भन्ने विषयमा लार्सले तलको भिडियोमा व्याख्या गर्नुभएको छ।