पश्चात्ताप आवश्यक हुन्छ, र यसले एउटा व्यक्तिलाई परमेश्वरको नजिक ल्याउँछ। कुनै व्यक्ति परमेश्वरबाट जति टाढा हुन्छ, त्यति नै ऊ पश्चात्तापद्वारा उहाँको नजिक हुन सक्छ।

यर्मिया १५:१९ मा यसले भन्छ, “यसैकारण परमप्रभु यसो भन्‍नुहुन्‍छ: “यदि तैंले पश्‍चात्ताप गरिस्‌ भने, म तँलाई फेरि स्‍थापित गर्नेछु, कि तैंले मेरो सेवा गर्न सकोस्‌…” पश्चात्ताप गर्नु भनेको के हो? पश्चात्ताप शब्द हिब्रू भाषाको Teshuvah बाट आएको हामीले पाउँछौं। Teshuvah को सरल परिभाषा भनेको आफूले गरेको गडबडीको लागि पछुतो मानेर फेरि कहिल्यै त्यसलाई नदोहोर्याउने संकल्प गर्नु हो। पश्चात्ताप के हो? पश्चात्ताप भनेको तपाईंले परमेश्वरको राज्यको लागि तयारी गर्नको लागि उहाँको खोजी गर्ने क्रममा सिकेका कुराहरू लागू गरेर आफ्नो जीवनमा निरन्तर सुधार गर्नु हो।

पश्‍चात्ताप गर्नुको अर्थ “पछाडि फर्कनु” पनि हो। पश्चात्ताप गर्नु भनेको आफ्नो हृदयलाई नम्र गर्नु हो, आफ्नो पाप स्वीकार गर्नु, पाप गर्न छोड्नु हो। यसको अर्थ पापको लागि पछुताउनु, र त्यसपछि गल्तीलाई सच्याउन काम गर्नु पनि हो। (लेवी २६:४०-४५)। जब तपाईं परमेश्वर तर्फ फर्कनुहुन्छ, उहाँले तपाईंको हृदयलाई परिवर्तन गरेर उहाँप्रतिको तृष्णा अझ बढाइदिनु हुन्छ।

परमेश्वरले इजकिएल ३६:२६-२७ मा भन्नुभयो, “म तिमीहरूलाई एउटा नयाँ हृदय दिनेछु, र तिमीहरूभित्र म नयाँ आत्‍मा हालिदिनेछु। तिमीहरूबाट ढुङ्गाको हृदय निकालेर म त्‍यसको सट्टामा तिमीहरूलाई मासुको हृदय दिनेछु। २७अनि म मेरा आत्‍मा तिमीहरूमा हालिदिनेछु, र तिमीहरूलाई मेरा विधिहरू पालन गर्ने र मेरा नियमहरू होशियारीसाथ मान्‍ने तुल्‍याउनेछु।” यर्मिया ३१:३३ र हिब्रू ८:१० मा भनिएको नयाँ करार यहि नै हो। नयाँ करारको बारेमा राम्रो स्रोत सामाग्री यहाँ छ।

छनोट

यो संसारलाई सृष्टि गर्नुभन्दा अगाडि, सुरुदेखि नै परमेश्वरले असल र खराब के हो भन्ने निर्णय गर्नुभयो। उहाँले आदम र हव्वालाई असल र खराबको रूखबाट नखानु भन्नुभयो, तर उहाँले आदम र हव्वालाई उहाँको अख्तियार स्वीकार गर्ने अथवा नगर्ने निर्णय आफै गर्ने छनोट दिनुभयो। उनीहरुले असल र खराबको परमेश्वरको परिभाषालाई स्वीकार नगर्ने चुनाउ गरे, र आफ्नो लागि आफैले छनोट गर्ने निर्णय गरे। नखानु भन्नुभएको रूखबाट खाएर उनीहरुले आफ्नो कायद्वारा त्यो छनौट गरे । हामी सबैले आज पनि त्यहि कुरा गर्छौं। हामीले आफ्नो जीवनमा असल र खराब के हो भन्ने  निर्णय आफै गर्छौं, अनि हामीमध्ये धेरैले पापको परमेश्वरको परिभाषा के हो भनेर जान्न पनि चाहँदैनौं। असल वा खराब 

सम्बन्धी परमेश्वरको परिभाषालाई स्वीकार गर्ने कि, आफ्नै व्याख्यालाई नै मान्ने छनोट हामी प्रत्येकले गर्छौं। यसलाई हामी कार्यहरुद्वारा गर्छौं।

मीका ६:८ ले भन्छ, “ए मानिस, जे असल छ, त्‍यो उहाँले तँलाई देखाउनुभएको छ। र परमप्रभुले तँबाट के चाहनुहुन्‍छ? केवल यति, ठीकसित काम गर्नू र कृपालाई प्रेम गर्नू र तेरा परमेश्‍वरसित विनम्र भएर हिँड्‌नू।” ठिकसित काम गर्नुको अर्थ के हो? न्यूटनको गतिको तेस्रो नियम अनुसार “हरेक कार्यको लागि, त्यहाँ समान र विपरीत प्रतिक्रिया हुन्छ।” न्याय हाम्रो कार्यको प्रतिक्रिया हो। असल र खराब के हो भन्ने विषयमा परमेश्वरको आदेशले हामीलाई जीवन रोज्दा कस्तो प्रतिक्रिया पाउँछौं भनेर बताउँछ, र यसले मृत्यु रोज्दा हामीले कस्तो प्रतिक्रिया पाउनेछौं भनेर पनि बताउँछ। परमेश्‍वर न्यायी परमेश्‍वर हुनुहुन्छ – उहाँलाई खोज्नेहरूलाई प्रतिफल दिने र उहाँको अवज्ञा गर्नेहरूलाई दण्ड दिने हुनुहुन्छ (हिब्रू ११:६ | यशैया १३:११)।

यो पश्चात्ताप यात्रा तपाईं भित्र एउटा बीउ छ, तपाईंले त्यसलाई मलजल गरेको परमेश्वर चाहनुहुन्छ भनेर बुझ्न मद्दतको लागि बनाइएको हो। त्यो बीउको फल तपाईले असल र खराब सम्बन्धी परमेश्वरको परिभाषा के हो भनेर बुझ्न, अनि तपाईले जीवन रोज्ने कि मृत्यु भनेर निर्णय गर्नको लागि हो।

पाप के हो?

याकूब ४:१७ मा यसो भनिएको छ, “यसकारण जसले भलाइ गर्न जानेर पनि गर्दैन त्‍यसले पाप गर्छ।” तपाईंले के गर्नुपर्छ भनेर जान्नको लागि, पहिला परमेश्वरको निर्देशनहरू अध्ययन गर्नुपर्छ। जब तपाईं परमेश्वरका निर्देशनहरू सिक्नुहुन्छ, तपाईंले तिनीहरूलाई आफ्नो जीवनमा लागू गर्ने प्रक्रियामा काम गर्नुहुन्छ। पश्चात्ताप गर्नु भनेको परमेश्वरको आज्ञाहरुमा फर्कनु हो। हितोपदेश २८:९ भन्छ, “यदि कसैले व्‍यवस्‍थाप्रति आफ्‍नो कान बन्‍द गर्छ भने, त्‍यसका प्रार्थनाहरूसमेत घृणित हुन्‍छन्‌।”

पावलले रोमी ७:७-१३ मा भन्छन्, “हामीले के भन्‍ने त? व्‍यवस्‍था पाप हो? कदापि होइन! यदि व्‍यवस्‍था नभए मैले पाप थाहा पाउनेथिइनँ, किनकि “तैंले लोभ नगर्” भनी व्‍यवस्‍थाले नभनेको भए लोभ गर्नु के हो सो थाहा पाउने थिइनँ। तर पापले आज्ञामा मौका पाएर ममा सबै किसिमका लोभ उत्‍पन्‍न गरायो। व्‍यवस्‍थाविना त पाप मुर्दातुल्‍य हो। व्‍यवस्‍थाविना रहँदा एक पल्‍ट म जीवित थिएँ, तर आज्ञा आएपछि पाप जागिउठ्यो, र मचाहिँ मरें। १०जीवनको प्रतिज्ञा दिने त्‍यही आज्ञाले मेरो निम्‍ति मृत्‍यु ल्‍यायो। ११किनकि पापले आज्ञाद्वारा मौका पाएर मलाई छल्‍यो, र त्‍यसैद्वारा मलाई मार्‍यो। १२व्‍यवस्‍था पवित्र छ, र आज्ञा पवित्र, न्‍यायसङ्गत र असल छ। १३त के जो असल छ, त्‍यसले मेरो निम्‍ति मृत्‍यु ल्‍यायो त? कदापि होइन! तर पापचाहिँ पापैको रूपमा देखिओस्‌ भनेर असल कुराद्वारा पापले ममा मृत्‍यु उत्‍पन्‍न गराइरहेछ, ताकि आज्ञाद्वारा पाप सम्‍पूर्ण रूपले पापमय बनोस्‌।”

तपाईंले पापमाथि अधिन गर्नु (उत्पत्ति ४:७), र भक्तिहीनतालाई भक्तिमा परिणत गर्नु (तीतस २:१२) परमेश्वरको इच्छा हो।

मैले कति पटक पश्चात्ताप गर्नु पर्छ?

येशूले हामीलाई मत्ती ६:९-१३ मा हरेक पटक प्रार्थना गर्दा पश्चात्ताप गर्न भन्नुभएको छ। यदि हामीले येशूलाई हाम्रो मुक्तिदाताको रूपमा ग्रहण गरिसकेपछि हाम्रा पापहरूको बारेमा चिन्ता गर्नुपर्दैन, र पापको कुनै परिणाम छैन भने, पावलले रोमी २:५-११ अथवा २ कोरिन्थी ५:१० मा भनेझैं हामीले गरेको कामहरूको आधारमा किन हाम्रो न्याय हुनेछ? पावलले भनेका छन्, “हामी सबै ख्रीष्‍टका न्‍याय-आसनको सामुन्‍ने खड़ा हुनुपर्छ, यसरी शरीरमा हुँदा आफूले गरेबमोजिम हरेकले असल वा खराब प्रतिफल पाउनेछ।” पश्चात्ताप भनेको परमेश्वरले तपाईंलाई उहाँको राज्यमा तपाईको आफ्नो स्थान (स्थिति) पत्ता लगाउन गर्नुपर्ने सुधारहरु बारे सुन्ने र देख्ने ठाउँमा ल्याउन दिनुभएको औजार हो।

आफ्नो बीउलाई मलजल गर्नुहोस्

यो ३० दिनको यात्रा परमेश्वरको नजिक हुनको लागि व्यक्तिगत विकास, आफू कहाँ छु भन्ने कुराको समीक्षा, र पश्चात्तापको बीउलाई मलजल गर्नको लागि आवश्यक सुधारको पहिचान गर्ने समय अवधि हो।