के तपाईंलाई थाहा छ, येशू ख्रीष्ट मसीहको रूपमा योग्य हुनको लागि, उहाँले बाइबलमा उल्लेख गरिएको एउटा विशेष काम पूरा गर्नुपर्छ? बाइबलमा यो कुरा राम्रोसँग लेखिएको छ कि, येशूले थुप्रै भविष्यवाणीहरू पूरा गर्नुभयो, र यसमा कुनै दुविधा छैन, किनभने परमेश्वरले उहाँलाईमृत्युबाट ब्यूँताउनुभयो, र उहाँ पुनरुत्थान हुने सबैमध्ये पहिलो हुनुहुन्छ – उहाँ मसीह हुनुहुन्छ। तर मसीहको भूमिका निर्वाह गर्न उहाँले गर्नुपर्ने विशेष काम अझै बाँकी थियो। त्यसोभए, मसीहको भूमिका के हो, र उहाँका जिम्मेवारीहरूलाई बाइबलमा कहाँ उल्लेख गरिएको छ त? यीप्रश्नहरूको जवाफ खोज्न तलको सामग्री अध्ययन गर्न जारी राख्नुहोस्।

धेरै मानिसहरूले कुनैपनि व्यक्तिलाई मसीह हुनको लागि उसले पुरा गर्नुपर्ने विशेष नियमहरू बाइबलले दिन्छ भन्ने कुरा बुझ्दैनन्, न त तिनीहरूलेती सबै पूरा नगरेमा कसैलाई मसीहको रूपमा अयोग्य मान्न सकिन्छ भन्ने कुरा नै बुझ्छन्। धर्मशास्त्रका अनुसार, इस्राएलका राजा (वा मसीहको) लागि विशेष कार्यहरू छन्, र यदि कुनै व्यक्तिले ती कार्यहरू गर्छ भने, हामीले ऊ मसीह हो भनेर थाहा पाउँछौँ। बाइबलका सबैअगमवक्ताहरू र इतिहासभरि अरू धेरैले पनि मसीहलाई नै पर्खिराखेका थिए, र छन् पनि। १ पत्रुस १:१०-१२ ले यसो भन्छ: “तिमीहरूका निम्ति हुन आउने अनुग्रहको विषयमा अगमवाणी बोल्ने अगमवक्ताहरूले यही मुक्तिको खोजी र तलाश गरेका थिए। तिनीहरूभित्र हुनुभएका ख्रीष्टको आत्माले ख्रीष्टका कष्टहरू र त्यसपछि आउने महिमाको भविष्यवाणी गर्नुहुँदा देखाउनुभएको समय र परिस्थितिको बारेमा तिनीहरूले खोजी गरेका थिए। तिनीहरूलाई यो प्रकट गरिएको थियो, कि तिनीहरूले आफ्ना होइन, तर तिमीहरूका सेवा गरिरहेका थिए। यी कुरा स्वर्गबाट पठाइनुभएका पवित्र आत्माबाट तिमीहरूलाई प्रचार भएको सुसमाचार सुनाउनेहरूद्वारा अहिले तिमीहरूलाई घोषणा भएको छ। स्वर्गदूतहरू पनि यी कुरा हेर्न अति उत्सुक छन्।”

व्यवस्थामामसीहकोप्रतिज्ञा

प्रेरित पावलका अनुसार यहूदीहरूलाई परमेश्वरका वाणीहरू सुम्पिएको थियो (रोमी ३:२)। बाइबल यहूदीहरूद्वारा नै लेखिएको थियो, र हामीलेधर्मशास्त्रलाई यहूदीहरुको दृष्टिकोणबाट अवलोकन गर्नुपर्ने हुन्छ। ईसाई धर्म मूल रूपमा यहूदी धर्मको एक सम्प्रदाय थियो, र यहूदीहरूसँगधर्मशास्त्रका ३५०० भन्दा धेरै वर्ष देखिका टिप्पणीहरू छन्। तिनीहरूले मसीहको भूमिकाको बारेमा राम्रोसँग व्याख्या गर्न सक्छन्।

इस्वी संवत् १२०० को वरिपरि एक जना रब्बी थिए, जसको नाम मोशा माइमोनाइड्स थियो, र उनले “तोराले प्रतिज्ञा गरेको एक व्यक्ति, अर्थात् मसीह” को जिम्मेवारीको विषयमा यहुदीहरुको विश्वासको बारेमा व्याख्या गरेका थिए। उनले वास्तवमा येशू र उहाँले संसारमा पार्नुभएको प्रभावको बारेमा लेखेका थिए। माइमोनाइड्स, अर्थात् रामबामले व्यवस्था ३०:३-५ लाई प्रमाणको रूपमा प्रयोग गरेका थिए, जसलेमसीहको भूमिका र उहाँले इस्राएललाई कसरी छुटकारा दिनुहुनेछ भनेर बताउँछ।

व्यवस्था ३०:३-५ मा यसो लेखिएको छ: “तब परमप्रभु आफ्‍ना परमेश्‍वरले तिमीहरूका सुदिन फर्काउनुहुनेछ र तिमीहरूलाई टिठ्याउनुहुनेछ, र जुन जातिहरूका बीचमा तिमीहरूलाई तितरबितर पार्नुभएको थियो, तीबाट तिमीहरूलाई बटुलेर ल्‍याउनुहुनेछ। तिमीहरू देशनिकाला भएर आकाशमुनिको सबैभन्‍दा टाढ़ो देशमा भए पनि त्‍यहाँबाट परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई बटुल्‍नुहुनेछ, र त्‍यहाँबाट तिमीहरूलाई फर्काएर ल्‍याउनुहुनेछ। तिमीहरूका पिता-पुर्खाले अधिकार गरेको देशमा परमप्रभु आफ्‍ना परमेश्‍वरले तिमीहरूलाई ल्‍याउनुहुनेछ, र तिमीहरूले त्‍यसको अधिकार गर्नेछौ, र उहाँले तिमीहरूलाई तिमीहरूका पिता-पुर्खाभन्‍दा उन्‍नतिशील र असंख्‍य बनाउनुहुनेछ।”

अहिले संसारभर आधिकारिक रूपमा १.६ करोड यहूदीहरू (आफैलाई यहूदीहरू भनेर चिनाउने) छन् भन्ने आंकलन गरिएको छ, तर जेरुसेलमपोस्टका अनुसार, “विश्वभरका दर्जनौं प्रोफेसरहरूले गरेको अभूतपूर्व आनुवंशिक अनुसन्धानले प्रमाण प्रदान गरेको छ कि, लगभग एक चौथाईल्याटिनो र हिस्पैनिकहरूसँग उल्लेखनीय मात्रामा यहूदी डीएनए छ।” उक्त लेखले भन्छ कि, आज संसारभरि स्पेनिस र पोर्चुगिज यहूदीसमुदायका २० करोड वंशजहरू हुन सक्छन्। यसको मतलब मसीहले नै ती सबैलाई निर्वासनबाट बाहिर ल्याउनु पर्ने हुन्छ।

अझ, माइमोनाइड्सले प्रमाणको रूपमा गन्ती २४:१७-१९ प्रयोग गरेका छन्, जहाँ मसीहको प्रतिज्ञा गरेको थियो । वास्तवमा, “यस धर्मशास्त्रलेराजा दाऊद र उनका छोरा राजा मसीहलाई जनाउँछ”, उनले भने। गन्ती २४:१७-१९ ले भन्छ, “म उहाँलाई देख्‍छु, तर अहिले त होइन।म उहाँलाई हेर्छु, तर नजिकै त होइन। याकूबबाट एउटा तारा आउनेछ,र इस्राएलबाट एउटा राजदण्‍ड उदय हुनेछ।उहाँले मोआबका टाउको किच्‍च्‍याउनुहुनेछ,अनि शेतका सन्‍तानलाई ध्‍वंस पार्नुहुनेछ।एदोम पराजित हुनेछ,र त्‍यसको शत्रु सेइर पनि पराजित हुनेछ,तर इस्राएलचाहिँ बलियो हुनेछ।याकूबबाट एउटा शासक उत्‍पन्‍न हुनेछन्,र सहरका बाँचेकाहरूलाई नाश गर्नेछन्‌।”

नासरतका येशुको बारेमा माइमोनाइड्सले अरू के भने? जान्नको लागि, “Am Yisrael 6: Rambam on Yeshua” भनिने यो शिक्षासुन्नुहोस्।

बाइबलअनुसारमसीहकोभूमिकाकेहो?

रब्बीहरुले सिकाए अनुसार, मसीह हुनको लागि एक जना व्यक्तिमा निम्न कुराहरु हुनुपर्छ:

  1. सोलोमन तर्फबाट राजा दाउदको वंशज, जसले गहिरो रूपमा व्यवस्थाको अध्ययन गर्नुभएको छ। (यर्मिया ३३;१७-२२, २ शमूएल ७;१२-१६, १इतिहास २८;५-७)
  2. उहाँले मोशाले दिएका लिखित र मौखिक व्यवस्थाका आज्ञाहरू पालना गर्नुपर्छ। उहाँ, मोशा जस्तै हुनुहुनेछ। (इजकिएल ३७:२४, व्यवस्था १८:१५, यूहन्ना ५:४६, प्रेरित ३:२१-२३)
  3. उहाँले इस्राएललाई व्यवस्थाको बाटोमा हिंड्न डोर्‍याउनुहुन्छ र यसमा सुधार गर्नुपर्ने कुराहरूको मर्मत गर्नुहुन्छ। उहाँले त्यस्तो एक समयमा शासन गर्नुहुनेछ, जहिले सबै मानिसहरू एक मात्र परमेश्वरलाई स्वीकार गर्न र सेवा गर्न आउनेछन्। (यशैया ६६:२३)
  4. मसीहले परमप्रभुको युद्ध लड्नुहुनेछ। उहाँले मिश्र र यरूशलेममा युद्ध लड्नुहुनेछ। (यशैया १९, जकरिया १४)
  5. उहाँले परमेश्वरको मन्दिर निर्माण गर्नुहुनेछ। (इजकिएल ३७:२६-२७)
  6. मसीहले इस्राएलका सन्तानहरूलाई निर्वासनबाट बाहिर ल्याउनुहुनेछ र तिनीहरूलाई इस्राएलको भूमिमा फर्काउनुहुनेछ। (व्यवस्था ३०;१-१०, यशैया ११;१२)
  7. मसीहले मृतकहरूको पुनरुत्थान गर्नुहुनेछ, र १००० वर्षसम्म राज्य गर्नुहुनेछ। (१ कोरिन्थी १५:५०-५३, प्रकाश २०:४)
  8. मसीहले यरूशलेमबाट शासन गर्नुहुनेछ र तोरालाई लागू गर्नुहुनेछ। (मीका ४:१-४, यशैया २:१-४)
  9. उहाँले विश्वव्यापी शान्तिको समयमा शासन गर्नुहुनेछ। (मीका ४:३)
  10. मसीहको १००० वर्षको शासनकालमा के के हुनेछ, जतिबेला एउटै देशमा पुनरुत्थान भएका र पुनरुत्थान नभएका मानिसहरू हुनेछन? (इजकिएल ४४)

नयाँकरारकोप्रतिज्ञा

नयाँ करारलाई एउटा यस्तो समयको रूपमा वर्णन गरिएको छ, जतिबेला सारा संसारले परमेश्वरलाई चिन्नेछ र उहाँका नियमहरु र व्यवस्थाहरूपालना गर्नेछन्। यर्मिया ३१:३१-४० मा भनिएको छ कि, परमेश्वरले आफ्नो व्यवस्था मानिस भित्र राखिदिनुहुनेछ, र उहाँले त्यसलाई तिनीहरूकोहृदयमा लेखिदिहुनेछ। अब उप्रान्त प्रत्येकले आफ्नो छिमेकी र प्रत्येकले आफ्नो भाइलाई ‘परमप्रभुलाई चिन्नुहोस्’ भन्दै सिकाउनेछैन, किनकिसानादेखि ठूलासम्म सबैले परमेश्वरलाई चिन्नेछन्। यसले त्यस दिनको बारेमा पनि कुरा गर्दछ, जुन दिन यरूशलेम पुनर्निर्माण हुनेछ र त्यसपछि कहिल्यै पनि त्यसमा आक्रमण गरिनेछैन। सपन्याह ३:९ ले भन्छ, “कि त्यस समयमा म मानिसहरूको बोलीलाई शुद्ध बोलीमा परिवर्तन गर्नेछु, ताकि तिनीहरू सबैले परमप्रभुको नाउँ पुकारून् र एकसाथ उहाँको सेवा गर्न सकून्।” यो त्यो समय हुन्छ जब नयाँ करारको प्रतिज्ञा पूर्ण रूपमापूरा भएको हुन्छ।

हिब्रू ९:१५ ले येशू नै नयाँ करारको मध्यस्थ हुनुहुन्छ भनी बताउँछ, र विगत २००० वर्षहरूदेखि लाखौं विश्वासीहरूले यो परिवर्तनलाई पूर्ण रूपमालागू गर्न येशू फेरि आउनुहुनेछ भनी पर्खिरहेका छन्। त्यो समयमा सारा संसारले पश्चात्ताप गर्नेछ, र सबैले परमेश्वरको नियम र व्यवस्था पालना गर्नेछन्। जकरिया १४:७ मा वर्णन गरिएझैं सबैजनाले त्यस दिनको प्रतीक्षा गरिरहेका छन्। “त्यस दिनमा रात हुनेछैन, त्‍यो एउटा अनौठो दिन हुनेछ— जो परमप्रभुले मात्र जान्‍नुहुन्‍छ। जब साँझ पर्छ, तब उज्‍यालै रहनेछ।” प्रकाश २०:४-१५ को अनुसार त्यो त्यतिबेला हुनेछ, जब प्रभु येशू १०००वर्षसम्म राजाको रूपमा शासन गर्न आउनुहुनेछ।

नयाँ करारको बारेमा थप जानकारीको लागि, एउटा राम्रो स्रोत पढ्न यहाँ जानुहोस्।

अन्तमा, प्रभु येशूलेयोसंसारलाईपरमेश्वरलाईसुम्पनुहुनेछ

प्रेरित पावलले मसीहको अन्तिम भूमिका के हो भनेर पनि उल्लेख गरेका छन्। प्रभु येशूले सबै प्रकारका मृत्युलाई जित्नुभएपछि प्रकाश २० माभनिएको १००० वर्ष पछि के हुनेछ भनेर, उनले लेखेका छन्। उहाँले १ कोरिन्थी १५:२०-२८  मा पावलले यसो भनेका छन्, “वास्‍तवमा ख्रीष्‍ट मृतकहरूबाट जीवित हुनुभएको छ। सुतिजानेहरू मध्‍येमा उहाँचाहिँ प्रथम फल हुनुहुन्‍छ। किनकि जसरी मानिसबाट मृत्‍यु आयो, त्‍यसरी नै मृतकहरूको पुनरुत्‍थान पनि मानिसबाट नै आयो। किनकि जसरी आदममा सबै मर्दछन्, त्‍यसै गरी ख्रीष्‍टमा सबै जीवित पारिनेछन्‌। तर हरेक आ-आफ्‍नै क्रमअनुसार— ख्रीष्‍टचाहिँ अगौटे फल, त्‍यसपछि उहाँको पुनरागमनमा ख्रीष्‍टका आफ्‍नैहरू। तब अन्‍त्‍य आउनेछ, जब उहाँले हरेक शासन, हरेक अख्‍तियार र शक्ति नष्‍ट पारेर परमेश्‍वर, अर्थात्‌ पितालाई राज्‍य सुम्‍पिदिनुहुनेछ। किनकि उहाँले आफ्‍नो सारा शत्रुलाई पाउमुनि नपारुञ्‍जेल उहाँले राज्‍य गर्नैपर्छ। सबैभन्‍दा पछि नष्‍ट पारिने शत्रु मृत्‍यु हो। “किनभने परमेश्‍वरले सबै कुरा उहाँका पाउमुनि अधीनमा राख्‍नुभएको छ”। तर यो स्‍पष्‍ट छ, कि “सबै कुरा उहाँको अधीनमा राखिएको छ” भन्‍नाले परमेश्‍वर आफै त्‍यस अधीनतामुनि हुनुहुन्‍न, जसले सबै कुरा ख्रीष्‍टको अधीनमा राखिदिनुभएको हो। जब सबै कुरा उहाँको अधीनमा ल्‍याइन्‍छन्, तब स्‍वयम्‌ पुत्र उहाँको अधीनमा हुनुहुनेछ, जसले सब थोक उहाँको अधीनतामा राख्‍नुहुन्‍छ, ताकि परमेश्‍वर नै सबै थोकका सर्वेसर्वा होऊन्‌।”