हरेक व्यक्तिले यहि जीवनमा नै पूर्ण रूपमा पश्चात्ताप गर्न सक्छ

हरेक वर्ष हामी आफ्नो जीवनको सबैभन्दा महत्त्वपूर्ण दिनको लागि तयारी गर्न समय निकाल्न चाहन्छौं। २ कोरिन्थी ५:१० ले यो दिनलाई यसरी चित्रण गरेको छ: जुन दिन हामी येशूको अगाडि खडा हुन्छौं – “हाम्रो न्यायको दिन!” हामी सँधै परमेश्वरसँगको हिँडाइमा हामी कहाँ छौं भन्ने लेखा दिन तयार हुनुपर्छ, हामीले कुन कुरामा सुधार गर्न आवश्यक छ भनेर हामी सचेत हुनुपर्दछ, र हामीले आफ्नो जीवनको हिसाब दिने दिनको लागि तयारी गर्दै निरन्तर समायोजनहरू गरिरहनुपर्छ।

जब हामी येशूको पुनरागमनको नजिक पुग्छौँ, पाप धेरै डरलाग्दो रूपले बढ्दै जान्छ। संसार झन् खराब हुनेछ, र परमेश्वरको सेवा गर्न एकदम गाह्रो हुनेछ। यस्तो समयमा, हामीले परमेश्वरले हामीलाई पश्चात्ताप गर्ने क्षमता कसरी प्रदान गर्दै हुनुहुन्छ भनेर विचार गर्न आवश्यक हुन्छ। उहाँले हामीलाई उहाँलाई अझ राम्ररी चिन्‍न र आफूलाई धार्मिकताको दासको रूपमा समर्पण गर्न आग्रह गर्दै हुनुहुन्छ, जसले नै हामीलाई पवित्रतामा डोर्याउँछ (रोमी ६:१९)।  हामी धर्मी जीवन बिताएर, एउटा पश्चातापको जीवन, परमेश्वरको थोकहरुको चाहना गर्ने जीवन जिएर परमेश्वरलाई अझ असल प्रकारले जान्न सक्छौँ (१ यूहन्ना 2२:३), र अन्तमा – यहि कुराले नै हामीलाई उहाँको निम्ति अलग बनाउनेछ (मलाकी ३:१७-१८)।

आफूमा सुधारको लागि ठाउँ बाँकी छ भनेर स्वीकार गर्नुहोस् 

पश्चात्तापको पहिलो चरण भनेको मैले आफूलाई सुधार गर्नुपर्ने छ भनेर स्वीकार गर्नु, अनि कुन कुरामा सुधार गर्नुपर्ने हो त्यसमा निश्चित हुनु हो। जब मैले असल र खराबको बिचमा भिन्नता थाहा पाउँछु, तब सुधार सम्भव हुन्छ; अनि जब म सारा हृदयले परमेश्वरलाई पछ्याउने निर्णय गर्न तयार छु, उहाँले नै त्यो भिन्नता देखाइदिनुहुनेछ। समय लिनुहोस्, र तपाईंले सुधार गर्न सक्ने कुराहरूको बारेमा सोचेर तिनीहरूको सूची बनाउनुहोस्, अनि अर्को १२ महिना सम्म त्यो सुचीमा गएर त्यसलाई समीक्षा गर्न सक्ने ठाउँमा राख्नुहोस्।

यदि तपाईंलाई यस कुरामा साहयता चाहिन्छ भने, कृपया हामीलाई सम्पर्क गर्नुहोस्, हामी तपाईंलाई व्यक्तिगत रूपमा सहयोग गर्न इच्छुक छौं।